राजनीति


प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्‌को बैठक

प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्‌को बैठक

नेपालखबर
फागुन २०, २०८२ बुधबार १३:५२, काठमाडौँ

भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा दिउँसो ३ बजे बस्ने प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बस्ने बैठकमा निर्वाचनको तयारी, शान्ति सुरक्षालगायत समसामयिक विषयमा छलफल हुने कार्यक्रम छ’, रावलले नेपालखबरसँ भने।

प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्‌मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव सदस्य छन्।

यसअघि आजै गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad