नेकपा सांसद प्रमेश हमालले परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिको ढाकछोप गरेको आरोप लगाएका छन्। बुधबार सदनमा बोल्दै उनले परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको अभिव्यक्तिको ढाकछाप मात्रै गरेको बताएका हुन्।
‘प्रधानमन्त्रीज्यूले परराष्ट्रमन्त्रीलाई लिखित पठाइदिएको भए पनि हुन्थ्यो। तर परराष्ट्रमन्त्रीले त ढाकछोप गर्नुभयो। यो क्रसबोर्डर अकुपेन्सी र होल्डिङसको मात्रै कुरा हो ?,’ उनले भने।
उनले भूमिका विषयमा कूटनीति प्रयास गर्नु भनेको भए पनि प्रधानमन्त्रीले विषयान्तर गरेर सो अभिव्यक्ति दिएको बताए। ‘अब हाम्रा कूटनीतिज्ञहरूले कुन हैसियतले कुरा गर्ने, कुन स्वाभिमानले कुरा गर्न सक्छन्? आफूलाई डिफेन्सिप बनाएर नोगोसियन हुँदैन,’ उनले भने।
हमालले प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्ने र जनतासँग माफी पर्ने बताए। साथै संसदको रेकर्डमा रहेको शब्दहरूलाई पनि हटाउनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए।
Shares

प्रतिक्रिया