निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा धनुषाका दुई जना स्थानीय नेतालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार पक्राउ पर्नेमा बहुमत पार्टीका जिल्ला सचिव नागेन्द्र दास र क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला सचिव नन्दुकुमार झालाई पक्राउ गरिएको हो। निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको धनुषाका एसपी रुगमबहादुर कुँवरले जानकारी दिए।
उनीहरूको नामबाट निर्वाचनमा भाग नलिन चेतावनी सहितको पत्र, मतदानमा सहभागी नहुन मतदाताको नाममा अपिल लगायतका कागजात फेला परेको एसपी कुँवरले बताए।
यससँगै धनुषा र महोत्तरीको सीमा रहेको रातुपुलमा भएको बम विस्फोटमा समेत उनीहरूको संलग्नता देखिएको एसपी कुँवरको भनाइ छ।
165
Shares

प्रतिक्रिया