राजनीति


रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ

रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार २०:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ। 

शुक्रबार चितवनको कार्यक्रम सकेर दमौलीको कार्यक्रममा सहभागी हुन लामिछाने तनहुँ पुगेका थिए। दमौली चुनावी कार्यक्रममा सहभागी हुन जाँदा उज्यालो नेपाल पार्टी (उनेपा)का कार्यकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन्। 

लामिछानेलाई कालो झण्डा देखाउने उनेपाका सात कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। ‘उज्यालो नेपाल पार्टीका सात जना कार्यकर्तालाई नियन्त्रणमा लिएका छौँ, यसबारे प्रमुख जिल्ला अधिकारीज्यूसँग छलफल भइरहेको छ,’ कार्कीले नेपालखबरसँग भने। 

प्रहरीले उनीहरूलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा पक्राउ गरेको हो। यसमा कारबाही गर्न निर्वाचन आयोगलाई नै जिम्मा लगाइने उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad