राजनीति


देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १९:४७, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ। 

शुक्रबार आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई पत्राचार गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्। आयोगले मतदानका दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने उपचारका लागि प्राथमिक उपचार सेवाको व्यवस्था गर्न भनेको छ। 

त्यस्तै, आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राख्न आयोगले पत्राचार गरेको हो। यससँगै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पनि भनेको छ। 

प्रतिनिधि सभाको निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र तोकिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad