राजनीति


पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १९:५२, काठमाडौँ

प्रदेशबाट जारी भएका प्रेस पासलाई पनि निर्वाचनको समयमा मान्यता दिने विषयमा आयोगले छलफल सुरु गरेको छ।

निर्वाचन आयोगको नियमित पत्रकार भेटघाटका क्रममा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्।

उनले पत्रकारहरूको मुभमेन्टलाई सहज बनाउन आयोग प्रतिवद्ध रहेको बताए। प्रवक्ता भट्टराईले कानूनमा शुरुदेखि नै सूचना तथा प्रशारण विभागको पासलाई मात्र चिनिएको भएपनि व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै प्रदेशको पासलाई पनि सम्बोधन गर्न सकिने बताए।

पत्रकारहरू निर्वाचनको समयमा जति धेरै ठाउँमा पुग्न सक्छन्, त्यति नै सत्य–तथ्य समाचार सङ्कलन हुने र त्यसले निर्वाचनको निष्पक्षतामा सकारात्मक प्रभाव पार्ने आयोगको ठम्याइ छ। यद्यपि, सवारी साधन प्रयोगको हकमा भने छुट्टै अनुमति आवश्यक पर्ने प्रवक्ताले स्पष्ट पारे।

उनले भने, ‘प्रदेशबाट जारी हुने पासको सन्दर्भमा पनि पत्रकारहरूको मुभमेन्टलाई लिएर आयोग नकारात्मक छैन। यहाँहरू सबैतिर पुगिदिनुभयो भने नै सत्य तथ्य समाचार संकलन हुन्छ र त्यसले निर्वाचनको स्वच्छता निष्पक्षतामा सकारात्मक प्रभाव पार्छ भन्नेकुरामा आयोग विश्वास गर्छ। यो विषय आयोगले थप छलफल गर्नेछ। अब हामीले आयोगमा राख्ने छौँ र आयोगले केही निर्णय गरेपछि हामी त्यसलाई सार्वजनिक गर्ने नै छौँ।’

आयोगले सञ्चारकर्मीहरूलाई निर्वाचन कभरेजमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले यो लचकता अपनाउन लागेको प्रवक्ता भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad