राजनीति


तल्लो तहलाई प्रचण्डको ‘सेक्रेट’ परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

तल्लो तहलाई प्रचण्डको ‘सेक्रेट’ परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको उम्मेदवार भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्ड। तस्विर: हरिराम भेटुवाल


नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १५:३६, काठमाडौँ

निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना कार्यकर्तालाई सम्वेदनशील निर्देशन जारी गरेका छन्। पछिल्लो समय निर्वाचन निष्पक्ष हुनेमा उत्पन्न संशयबीच प्रचण्ड र सहसंयोजक माधव नेपालले संयुक्त रूपमा पार्टीका तल्लो कमिटीसम्म गोप्य परिपत्र पठाएका हुन्।

'मतपेटिका नछोड्नु'
नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले 'विशेष परिपत्र' जारी गरिएको खुलासा गरे। बुथ कब्जा हुन सक्ने र मतपेटिका फेरबदल हुन सक्ने आशङ्का गर्दै उनले कार्यकर्तालाई २४ सै घण्टा पहरेदारी गर्न निर्देशन दिए।

परिपत्रबारे जानकारी दिँदै प्रचण्डले भने, "परिपत्र मतदानसँग मात्रै सम्बन्धित छ। कसरी मतदाताहरूलाई मतदान केन्द्रसम्म सुरक्षित ढङ्गले लैजाने, अनि मतदान केन्द्रमा गएपछि कसरी मतदाताहरूलाई मतदान गर्न सहज, सफल र सही तरिकाले सिकाउने भन्नेदेखि बुथहरूको सुरक्षा र मतपेटिकाको सुरक्षासँग सम्बन्धित छ।" उनले थप प्रष्ट पार्दै भने, "उम्मेदवारका प्रतिनिधि र दलका प्रतिनिधिहरू पनि मतपेटिकासँगै रहने र मतगणना नहुने बेलासम्म मतपेटिका नछाड्न कडा निर्देशन छ।"

प्रचण्डले केवल सुरक्षा मात्र होइन, चुनाव चिन्ह 'तारा'बारे मतदाता अझै झुक्किन सक्ने भन्दै उनले घर–घरमा पुगेर सही छाप लगाउने तरिका सिकाउन भनेका हुन्। "मतदातालाई हाम्रो चुनाव चिन्ह ताराबारे राम्रोसँग जानकारी गराउनुस्, सही तरिकाले मतदान गराउन सफल हुनुस्," प्रचण्डको कार्यकर्तालाई निर्देशन थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad