राजनीति


पूर्वसभामुख देवराज घिमिरेको स्पष्टीकरण: कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन

पूर्वसभामुख देवराज घिमिरेको स्पष्टीकरण: कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १४:३३, काठमाडौँ

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार (झापा-२) देवराज घिमिरेले महाकाली सन्धिमा हस्ताक्षर गरेको आरोप लागेपछि स्पष्टीकरण दिएका छन्। 

उनले शुक्रबार विज्ञप्ति जारी गरी आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको उल्लेख गरेका हुन्। 

‘म स्पष्ट पार्न चाहन्छु- कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन। म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहोदामा थिइनँ’, पूर्वसभामुख घिमिरेले भनेका छन्, ‘लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ। पार्टीमा मेरो मत जाहेर गरेको हुँ। मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौँ। भएको यत्ति हो। पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धि गर्दछ भन्ने पनि नबुझेको देख्दा मलाई साह्रै दिग्दारी लागेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad