नेपाली कांग्रेसले शुक्रबार तीन ठाउँमा विशेष चुनावी सभाको आयोजना गरेको छ।
चुनावी सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने भएका छन्। शुक्रबार दिउँसो रुपन्देहीको बुटवलमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गरेका छन्।
त्यसपछि आजै बागलुङ र कास्कीमा चुनावी सभामा राखेको छ। दुवै चुनावी सभालाई थापाले सम्बोधन गर्ने भएका छन्।
बिहीबार थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। सर्लाही-४ का उम्मेदवार समेत रहेका सभापति थापा चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहा गरिरहेका छन्।
कांग्रेसको चुनाव परिचालन समिति संयोजक समेत रहेका उपसभापति शर्माले कोशी, मधेस र लुम्बिनी गरी करिब दुई दर्जन जिल्लाको चुनावी सभालाई सम्बोधन गरिसकेका छन्। उपसभापति शर्माले शनिबार सुदूरपश्चिमको अछाममा हुने चुनावी सभालाई सम्बोधन गर्न कार्यक्रम छ।
सभापति थापा चिवतवन, काठमाडौँलगायतका ठाउँमा चुनावी सभा सकेर मात्र फागुन १८ गते आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने कार्यक्रम छ।
Shares

प्रतिक्रिया