राजनीति


भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ: प्रचण्ड

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ: प्रचण्ड

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १९:३५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेजनी आन्दोलनका नाममा आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्। 

नेकपाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा संयोजक प्रचण्डले भदौ २३ गतेको घटनामा सरकार सञ्चालन गरिरहेका दल जिम्मेवार रहेको बताए। आफूहरूले खबरदारी गर्दागर्दै पनि सरकार सञ्चालन गरिरहेका नेकपा (एमाले) र नेपाली कांग्रेसले वास्ता नगरेको उनको भनाइ थियो। 

‘अहिलेको परिस्थित जो बन्न गयो, २३ गते जो नरसंहार भयो, त्यसका निम्ति तत्काल सरकारमा रहेका पार्टीहरू सरकारको नेतृत्व गर्ने एमाले केपी ओलीजी र शेरबहादुर देउवा त्यतिवेला नेपाली कांग्रेसको नेतृत्वले जिम्मेवारी लिनुपर्छ,’ प्रचण्डले भने, ‘उहाँहरू जो जिम्मेवारी लिन पन्छिनु भएको छ, त्यो गलत भएको छ।’

यससँगै त्यसको भोलिपल्ट भएको आगजनी र लुटपाटमा संलग्न व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो। ‘भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई पनि कारबाही गर्नुपर्छ,’ उनले भने। 

संविधान, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापिना गर्न कांग्रेस र एमालेका लगायतका दल सहयात्री भए पनि भदौ २३ को घटनामा अलग रहेको उनको जिकिर थियो। ‘हिजोको त उनीहरू हाम्रा सहयात्री हुन्, तर २३ गतेका सहयात्री होइनन्। देशलाई दुर्घटनातिर लग्दै हुनुहुन्छ भनेर भनेकै हो,’ प्रचण्डले भने। 

संविधान, शान्ति सम्झौता र गणतन्त्रका लागि अझै पनि उनीहरूसँग सहकार्य हुनसक्ने भए पनि तत्काल चुनावका लागि कुनै सहकार्य नहुने दोहोर्‍याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad