राजनीति


निर्वाचनअघि फेरिए एक महानगर र चारवटा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत

निर्वाचनअघि फेरिए एक महानगर र चारवटा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १८:५९, काठमाडौँ

सरकारले २३ जना सहसचिवको सरुवा गरेको छ। 

यही फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीको सरुवा गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। 

जसमा पाँचवटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका छन्।

जसमा विरगन्ज महानगरपालिकासहित धरान, धनगढी, नेपालगन्ज र इटहरी  उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन्। उनीहरू सबैलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पठाइएको हो।

पर्सास्थित विरगञ्ज महानगरपालिकामा रेशमलाल कँडेललाई पठाइएको छ।

यस्तै, ईटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी महेश पराजुलीले पाएका छन्।

धनगढीमा जनकराज भट्टलाई जिम्मेवारी दिइएको छ भने धरानमा तीर्थराज राईलाई पठाइएको छ।

मानबहादुर बमलाई नेपालगञ्ज उपमहानगरपालिका पठाइएका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad