आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो कुनै सम्पत्ति नभएको बताएका छन् । आफ्नो जन्मथलो पोखरा–३३ भरतपोखरीबाट सम्पत्ति बुधबार सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
बिहीबार भरतपोखरीमा मतदाता भेटघाट गर्ने क्रममा लामगादीमा एक कार्यक्रमका बीच उनले भने ‘पुख्र्यौली जग्गा जमिन उनको वुवाको नाममा रहेको छ । विभिन्न मिडियामा प्रकाशित लेखबाट प्राप्त रकम र श्रीमतीको जागिर नै मेरो कमाई हो । अन्य कुनै सम्पत्ति छैन ।’
उनले पदमा पुगेपछि मात्र होइन, उम्मेदवारीकै चरणमा सम्पत्ति विवरण सार्वजनिक गर्नु जनताप्रतिको उत्तरदायित्व भएको उल्लेख गरे । विजयी भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा रहे पनि आफूले आम मतदातालाई सुसूचित गर्ने उद्देश्यले अग्रीम रूपमा विवरण सार्वजनिक गरेको स्पष्ट पारे ।
उनले आफू सधैं पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षमा उभिएको बताए । समृद्धि र विकासलाई ‘अर्जुन दृष्टि’ बनाउँदै निःस्वार्थ सेवाभावका साथ उम्मेदवारी दिएको बताउने आचार्यले आफ्नै जन्मभूमिका बासिन्दालाई साक्षी राखेर सम्पत्ति विवरण सार्वजनिक गर्नु राजनीतिक इमानदारीताको उदाहरण भएको स्थानीयवासीको धारणा छ ।

प्रतिक्रिया