राजनीति


गगनलाई लक्षित गर्दै रविले भने- मधेसको बेटा हुँ भनेर काठमाडौँबाट आएकालाई ठाउँको ठाउँ रोक्नुपर्छ

गगनलाई लक्षित गर्दै रविले भने- मधेसको बेटा हुँ भनेर काठमाडौँबाट आएकालाई ठाउँको ठाउँ रोक्नुपर्छ

नेपालखबर
फागुन १३, २०८२ बुधबार १८:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँबाट मधेस आएका उम्मेदवारलाई रोक्नुपर्ने बताएका छन्। 

बुधबार सर्लाही-४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सपभाति लामिछानेले यो क्षेत्रमा मधेसकै व्यक्तिले जित्नुपर्ने बताए। उनले रास्वपा उम्मेदवार डा. अमरेशकुमार सिंहलाई जिताउन आग्रह गरे। 

‘मलाई थाहा छ, अमरेशजीले जत्नुहुन्छ। यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो, मधेसीले जित्थ्यो,’ लामिछानेले भने, ‘तर कोही काठमाडौँबाट यहाँ आएर मधेसको बेटा हुँ भनेर अहिले ठाउँ लिने प्रयास भएको छ। यसपटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईंको।’

सर्लाही-४ मा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार बनेका छन्। उनी काठमाडौँ-४ छोडेर सर्लाही पुगेका हुन्। रास्वपा सभापति लामिछानेले कांग्रेस सभापति थापालाई रोक्नुपर्ने जिकिर गरेका हुन्। 

उनले अब सर्लाहीले आफूलाई पनि न्याय गर्नुपर्ने बताए। यसअघि सर्लाहीको पक्षमा उभिएको उनको भनाइ थियो। 

‘सर्लाहीसँगको मेरो नाता, अन्याय पर्दा सँगै उभिएको पुरानो हो नाता,’ लामिछानेले भने, ‘हिजो सर्लाहीबासीलाई अन्याय पर्दा ज्यानको बाजी लगाएर लडेको हुँ, यसपटक अलिकति न्याय मलाई चाहिएको छ, धेरै न्याय देशलाई चाहिएको छ।’

उनले यस पटकको चुनाव विशेष भएको जिकिर गरे। त्यसैले सबैले सोचविचार गरेर मतदान गर्नुपर्ने उनको भनाइ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad