राजनीति


पहिलो हुने दलले पाँच वर्ष सरकार चलाउने विधि निर्माण गरौँ: विश्वप्रकाश शर्मा

पहिलो हुने दलले पाँच वर्ष सरकार चलाउने विधि निर्माण गरौँ: विश्वप्रकाश शर्मा

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १७:३४, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एउटै दलको बहुमत आउने अवस्था नभएकाले पहिलो हुने दलले पाँच वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। 

मंगलबार सुनसरीको चक्रघटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष सरकार सञ्चालन गर्न नपाएको सुनाए। ‘बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सक्नुभएन या पाउनु भएन, किन? के अबको प्रधानमन्त्रीले पुरै ५ वर्ष लगातार सरकारको नेतृत्व गर्नुहुनेछ?,’ शर्माले भने, ‘यो गहन प्रश्न उपर चुनावपूर्व सबै दल एक ठाउँमा बसेर राष्ट्रिय संवाद गरौँ।’

उपसभापति शर्माले पहिलो हुन दलले पाँच वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए। ‘निश्चित कुनै दलको बहुमत आउन नसकेमा, सबैभन्दा ठूलो दलले पूरै पाँच वर्ष सरकार चलाउने विधि स्थिरता लागि एक उपयुक्त प्रस्ताव हुनसक्दछ,’ शर्माले भने, ‘ठूलो दलसँग बहुमत हुननसक्दा विनर्स टेक अलको नीति बमोजिमको अपुग सिट दिन नविन प्रावधान राखौँ।’ 

त्यस्तै, निर्वाचनपछिको संसद्को पहिलो बैठकबाट संविधान संशोधन गर्नुपर्ने उनको मत छ। त्यसका लागि चुनावपूर्व नै सहमति गर्नुपर्नेमा उनले जोड दिए। 

‘निर्वाचनपछि संसदको पहिलो बैठकबाट संविधानमा संशोधन गर्नेगरि दक्षिण अफ्रिकामा संविधान सभाको निर्वाचनपूर्व निर्माण गरिएको साझा संवैधानिक सिद्धान्तको मोडलमा केही सहमति गरौँ,’ शर्माले भने। 

उनी चुनावी अभियानका क्रममा पूर्वी तराईमा रहेका छन्। मंगलबार उनले मोरङ, सुनसरी र सप्तरीका चुनावी सभालाई सम्बोधन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad