राजनीति


डोजर त सबभन्दा पहिले भ्रष्टाचारीको महलमा चल्छ: रवि लामिछाने

डोजर त सबभन्दा पहिले भ्रष्टाचारीको महलमा चल्छ: रवि लामिछाने

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १७:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सरकार बन्ने वितिक्कै भ्रष्टाचारीको महलमा डोजर चलाउने बताएका छन्। 

मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बारे उठेका प्रश्नमा जवाफ दिए। सुरुवातमा निर्माण व्यवसायीलाई प्रस्टीकरण दिएका उनले त्यसपछि डोजरको विषयमा बोलेका हुन्। 

चुनावी अभियानका क्रममा झापामा सुकुम्बासीले शाहलाई काठमाडौँमा सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा प्रश्न गरेका थिए। त्यसबारे प्रस्टीकरण दिँदै सभापति लामिछानेले भने, ‘डोजर त सबभन्दा पहिले भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झुपडीमा होइन।’

त्यस्तैले उनले रास्वपाको सरकार बनेपछि २०४६ सालयताका सबै काण्डको छानबिन गर्ने बताए। ‘४६ सालपछिका सबै भ्रष्टाचार काण्डको छानबिन हुन्छ। प्रतिशोध हुँदैन, हिसाब हुन्छ,’ लामिछानेले भने। 

त्यस्तै, उनले सहकारी समस्याको समाधान गर्ने बताए। अहिलेसम्म अन्य दलले सहकारी समस्या अल्झाएर राखेको उनको आरोप थियो। 

‘जति पनि लघुवित्त, सहकारीको समाधान निकाल्न नसकेर आरोपमाथि आरोप लगाएर समास्याग्रस्त बनाएर राख्ने, समाधान नखोज्नेहरूलाई यहिँबाट भन्न चाहन्छु, रवि लामिछानेलाई थुन्न बाहेक, कुनै मान्छेले एक रुपैयाँ फिर्ता पायो, पाएन,’ लामिछानेले थपे, ‘रास्वपाको सरकारले सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad