राजनीति


बूढीगण्डकी आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत (मन्त्रिपरिषद्‍का निर्णयसहित)

बूढीगण्डकी आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत (मन्त्रिपरिषद्‍का निर्णयसहित)

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १६:४५, काठमाडौँ

सरकारले बूढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ। 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम सो आयोजनाको वित्तीय लगानीको ढाँचा स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

यस्ता छन् मन्त्रिपषिद् बैठकका निर्णयहरू
चीन सरकारबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदा गर्ने प्रश्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने। 

चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बूढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने। 

काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश डा दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको काम समेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने। 

बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने। विक्रम सम्वत २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक विदा निर्धारण गर्ने। 

मिति २०८२/११/२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म ३ दिन मुलुकभर सार्वजनिक विदा दिने। 

र, जेन–जी परिषद् गठन गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad