राजनीति


झापा पुगेर बालेनले लेखे- सुन्दर पूर्वी तराई

झापा पुगेर बालेनले लेखे- सुन्दर पूर्वी तराई

नेपालखबर
फागुन ९, २०८२ शनिबार १७:१६, काठमाडौँ

सुदूरपश्चिमलाई स्विट्जरल्यान्डसँग दाँजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वी तराईलाई सुन्दर भनेका छन्। 

चुनावी अभियानका क्रममा शनिबार झापाका पुगेका शाहले सामाजिक सञ्जालमा अपराह्नतिर खिचिएको तस्बिर राखेका छन्। उनले लेखेका छन्, ‘सुन्दर पूर्वी तराई।’

तीन दिनअघि सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले बाजुराको बडिमालिकालाई स्विट्जरल्यान्डको बाउ भनेका थिए। उनले खप्तड लगायतका पर्यटकीय स्थलको चर्चा गरेका थिए। 

त्यसको भोलिपल्ट कर्णाली प्रदेशको सुर्खेत पुगेका उनले रारा तालको प्रशंसा गरेका थिए। सुर्खेतबाट काठमाडौँ फर्किएका शाह आज चुनावी अभियानका लागि झापा पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad