राजनीति


सर्लाहीमा गगन थापाको प्रभाव, बलराका पूर्वमेयर सिंह कांग्रेसमा प्रवेश

सर्लाहीमा गगन थापाको प्रभाव, बलराका पूर्वमेयर सिंह कांग्रेसमा प्रवेश

नेपालखबर
फागुन ९, २०८२ शनिबार ९:११, काठमाडौँ

सर्लाहीको बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहेका नेता सिंहलाई गएराति कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीमा स्वागत गरेका हुन्। 

पूर्वमेयर अभयलाई कांग्रेसमा स्वागत कार्यक्रममा केन्द्रीय सभापति गगनसँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहलगायत नेता उपस्थित थिए। 

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयर चुनिएका थिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा भने सिंह राजपाको फुटपछि लोसपाबाट मेयरका प्रत्यासी थिए। तर उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहाले हराए।

गएराति सिंहकै घरमा कांग्रेस सभापति थापासहितका नेताहरू पुगेर उनलाई पार्टीमा भित्र्याएका हुन्। सिंहसहित बलरा नगरपालिकाका पूर्ववडाध्यक्ष सुशील झालगायत नेता/कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ।

यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्र निवासी लोसपाका नेताहरू संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत नेता- कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए।

कांग्रेसका सभापति थापा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सर्लाहीकै क्षेत्र नम्बर ४ बाट लड्दै छन्। यसैकारण अहिले उनी त्यहाँ घरदैलोमा व्यस्त छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad