राजनीति


कांग्रेसको प्रतिज्ञापत्र: युवा र महिला उद्यमीलाई ५० लाखसम्म विना धितो ऋण

कांग्रेसको प्रतिज्ञापत्र: युवा र महिला उद्यमीलाई ५० लाखसम्म विना धितो ऋण

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १९:२०, काठमाडौँ

नेपाली कांग्रेसले युवा र महिला उद्यमीलाई ५० लाख रुपैयाँसम्म विना धितो ऋण दिने योजना अघि सारेको छ। 

प्रतिनिधि सभाको निर्वाचनका लागि कांग्रेसले ल्याएको प्रतिज्ञापत्रमा उद्यमशीलता, पूँजी बजार र वित्तीय पहुँच वृद्धिका लागि विशेष कार्यक्रम ल्याउने जनाइएको छ। ‘नवीन सोच भएका युवा तथा मलिा उद्यमीहरूका लागि विना धितो परियोजनाकै आधारमा ५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउँछौँ,’ कांग्रेसले भनेको छ। 

युवा उद्यमीका लागि क्राउड फन्डिङ र भेन्चर क्यापिटल जस्ता वैकल्पिक वित्तीय उपकरणहरूको स्पष्ट कानुनी व्यवस्था गरी लगानी सुनिश्चित गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ। साना तथा मझौला उद्योग र कृषि कर्जामा निश्चित अवधिसम्म ब्याजदर नबढ्ने गरी स्थिर ब्यादरको नीति बनाउने कांग्रेसले जनाएको छ। 

युवालाई नयाँ सोच र परियोजनाका लागि पनि ५ देखि ५० लाखसम्म ‘बिउ पूँजी’ उपलब्ध गराउने प्रतिज्ञापत्रमा उल्लेख छ। युवा उद्यमीका लागि २५ प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियत ऋण र २५ प्रतिशत स्व–लगानीको मोडल कार्यान्वयन गर्ने जनाएको छ। 

यस्तै, कांग्रेसले बैदेशिक रोजगारीमा तीन लाख रुपैयाँसम्म विना धितो सहुलियत ऋण दिने व्यवस्था गर्ने भएको छ। 

कांग्रेसले दलित युवायुवतीलाई पनि स्टार्टअप व्यवसायका लागि विना धितो ऋण दिने व्यवस्था गर्ने भएको छ। ‘स्नातकोत्तर तह अध्ययन पूरा गरेका दलित युवायुवतीलाई स्टार्टअप व्यवसाय सुरुवात गर्नको लागि परियोजना धितोमा ५० लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउँछौँ,’ प्रतिज्ञापत्रमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad