नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ पारित गरेको छ।
बुधबार सभापति गगन थापाको सभापतित्वमा कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुलअ बैठक बसेको थियो। बैठकले चुनावी प्रतिज्ञापत्र पारित गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकको निर्णयबारे जानकारी दिँदै दुलालले भने, ‘आजको बैठकले २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि नेपाली कांग्रेसको प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको छ।’
कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्र बनेको छ। आज जनकपुरधाममा आयोजना हुने चुनावी सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने भएको छ।
48
Shares

प्रतिक्रिया