राजनीति


रामकुमारी झाँक्रीको चुनाव खर्च दुई लाख ३६ हजार, केमा कति?

रामकुमारी झाँक्रीको चुनाव खर्च दुई लाख ३६ हजार, केमा कति?

नेपालखबर
फागुन ४, २०८२ सोमबार १७:५३, काठमाडौँ

नेकपा (एमाले)की नेत्री रामकुमारी झाँक्रीले राष्ट्रिय सभाको निर्वाचनमा दुई लाख ३६ हजार रुपैयाँ खर्च गरेको जनाएकी छन्। 

झाँक्रीले राष्ट्रिय सभाको निर्वाचनमा गरिएको खर्चको विवरण निर्वाचन आयोगलाई बुझाएकी छन्। लुम्बिनी प्रदेशस्थित निर्वाचन आयोगको कार्यालयमा खर्च विवरण बुझाएको झाँक्रीले जानकारी दिएकी छन्। 

उनले बुझाएको खर्चको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। ‘२०८२ माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा म लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको लागि उम्मेद्वार भएकोमा सो सम्बन्धमा मैले गरेको सम्पूर्ण खर्चको विवरण सार्जनिक गरेको छु,’ झाँक्रीले भनेकी छन्। 

उनले सबैभन्दा बढी गोष्ठी र कार्यकर्ता परिचालनमा गरेको जनाएकी छन्। जसमा एक लाख २० हजार खर्च भएको उल्लेख छ। 

त्यस्तै, सबैभन्दा कम मतदाता नामावली खरिदमा भएको देखाइएको छ। जसमा उनले तीन हजार रुपैयाँ खर्च गरेकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad