राजनीति


विराटनगरमा एमालेको निर्वाचन कार्यालयमा तोडफोड

विराटनगरमा एमालेको निर्वाचन कार्यालयमा तोडफोड

नेपालखबर
फागुन ४, २०८२ सोमबार १८:१४, विराटनगर

नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरका विभिन्न वडामा रहेका आफ्ना निर्वाचन परिचालन कार्यालयमा तोडफोड भएको जनाएको छ। 

सोमबार महानगर कमिटीका अध्यक्ष बलराम गिरीले प्रेस विज्ञप्ति जारी गरी फागुन २ गते राति विराटनगर वडा नं. १७ र फागुन ३ गते राति वडा नं. १५ मा रहेको निर्वाचन परिचालन कमिटीको कार्यालयमा तोडफोड भएको जनाएको छ। आफ्ना कार्यालयमा भएको तोडफोडको घटनाप्रति एमालेले भर्त्सना गरेको छ। 

​निर्वाचनको माहोल बिथोल्ने उद्देश्यले गरिएको यस्तो अराजक गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउन एमालेले प्रहरी प्रशासनसँग माग गरेको छ। विज्ञप्तिमा निर्वाचन आचारसंहिता विपरीतका यस्ता घटनाको विशेष निगरानी र अनुगमन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ। 

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबैको दायित्व भएको भन्दै एमालेले हतोत्साही मानसिकताबाट ग्रसित तत्वहरूले आफ्ना कार्यालयमा तोडफोड गरेको जनाएको छ। ​आफ्ना कार्यकर्ता तथा शुभचिन्तकलाई यस्ता घटनाबाट विचलित नभई कडा रूपमा निगरानी गर्न आग्रह गर्दै एमालेले लगातार भइरहेका अराजक गतिविधि नियन्त्रण गरी निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न प्रशासनसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad