राजनीति


ट्रपको गोप्य नीतिको खुलासा: खाडी क्षेत्रमा शक्तिशाली युएसएस अब्राहम लिंकन रहेको पुष्टि

ट्रपको गोप्य नीतिको खुलासा: खाडी क्षेत्रमा शक्तिशाली युएसएस अब्राहम लिंकन रहेको पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन ४, २०८२ सोमबार १७:४८, काठमाडौँ

खाडी क्षेत्रमा बढ्दो तनावका बीच अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाएको छ। अमेरिकी नौसेनाको विशाल विमानवाहक जहाज 'यूएसएस अब्राहम लिंकन' अरब सागरमा तैनाथ भएको पुष्टि भएको हो।

गत जनवरी २६ मा उक्त युद्धपोत खाडी क्षेत्रमा पुगेको खबर सार्वजनिक भए पनि आइतबार बीबीसी भेरिफाईले स्याटेलाइट तस्बिरमार्फत यसको उपस्थिति पुष्टि गरेको छ। ओमानको तटबाट करिब १५० माइल (२४० किलोमिटर) टाढा अरब सागरमा उक्त जहाज देखिएको हो। यसअघिका तस्बिरहरूमा यो जहाज देखिएको थिएन।

बीबीसी भेरिफाइको इमेज

तस्बिरहरूबाट के स्पष्ट हुन्छ भने, अमेरिकाले इरानको परमाणु कार्यक्रमलाई लिएर दबाब बढाउन मध्यपूर्वमा आफ्नो सैन्य शक्ति केन्द्रित गरेको छ।

इरानको लचिलोपन सर्त
सैन्य दबाबका बीच इरानले भने वार्ताको सङ्केत दिएको छ। इरानका उप-परराष्ट्रमन्त्री माजिद तख्त-रवाञ्चीले भनेका छन्, ''अमेरिका प्रतिबन्ध हटाउन इच्छुक भए आफ्नो देश परमाणु सम्झौताका लागि केही लचिलो हुन तयार रहेको छ।''

रवाञ्चीले अगाडि भनेका छन्, “सम्झौता गर्ने इच्छाशक्ति देखाउने पालो अब अमेरिकाको हातमा छ। यदि उनीहरू इमानदार छन् भने मलाई विश्वास छ हामी सम्झौतातर्फ अघि बढ्नेछौँ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad