राजनीति


४० हजार नेपाली रहेको पोर्चुगलसँग कूटनीतिक सम्बन्ध कसिलो बनाउँदै नेपाल

४० हजार नेपाली रहेको पोर्चुगलसँग कूटनीतिक सम्बन्ध कसिलो बनाउँदै नेपाल

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई


नेपालखबर
फागुन ४, २०८२ सोमबार १६:२९, काठमाडौँ

नेपाल र पोर्चुगलबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले हुन लागेको नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन परराष्ट्र सचिव अमृतबहादुर राई भोलि मंगलबार लिस्बनतर्फ प्रस्थान गर्दैछन्। 

सन् २०१८ मा संयन्त्र बनेपछिको यो पहिलो बैठक हुन लागेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार सचिव राईले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लिस्बनमा हुने बैठकको सह-अध्यक्षता गर्नेछन्। बैठकमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, व्यापार, पर्यटन र बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा विस्तृत समीक्षा हुनेछ।

टोलीमा परराष्ट्रका वरिष्ठ अधिकारी र पोर्चुगलका लागि नेपाली राजदूत समेत सहभागी हुने कार्यक्रम छ।

बसाल्नेछ श्रम सम्झौताको जग
भ्रमणका क्रममा सचिव राईले पोर्चुगलमा भर्खरै स्थापना भएको नेपाली दूतावासको आधिकारिक उद्घाटन गर्नेछन्। पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएपछि सरकारले त्यहाँ दूतावास खोल्ने निर्णय गरेको थियो। हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपाली विभिन्न पेशा र व्यवसायमा संलग्न रहेको सरकारी अनुमान छ।

दुई देशबीच कुटनीतिक संयन्त्र सक्रिय र दूतावास स्थापना भएपछि त्यहाँ रहेका नेपालीको भिसा, राहदानी, श्रम जस्ता कानुनी समस्या सुल्झाउन सहयोग पुग्नेछ।

पोर्चुगल नेपालीका लागि पछिल्लो समय सुरक्षित र आकर्षक श्रम गन्तव्य बन्दै गएको छ। यो बैठकले श्रम सम्झौताको जग बसाल्न र लगानीका क्षेत्र पहिचान गर्न सघाउनेछ।

लिस्बनमा रहँदा सचिव राईले त्यहाँका परराष्ट्र अधिकारीहरूसँग उच्चस्तरीय भेटघाट गर्नुका साथै नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नेछन्। उनी फागुन १० मा स्वदेश फर्कने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad