राजनीति


एमाले अध्यक्ष ओली आज दमकका ५ ठाउँका कार्यक्रममा सहभागी हुने

एमाले अध्यक्ष ओली आज दमकका ५ ठाउँका कार्यक्रममा सहभागी हुने

नेपालखबर
फागुन ४, २०८२ सोमबार ९:१५, झापा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला झापा ५ मा उम्मेदवार भेटघाटमा व्यस्त छन्। 

उनले आज दिनभर झापा ५ अन्तर्गत दमक नगरपालिकाका मुख्य चोकहरूमा पुगेर मतदातासँग भेटवार्ता गर्दैछन्

निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले आज बिहान ११ बजे दमक ५ को यलम्बर चोकबाट मतदाता भेटघाट सुरु गर्ने तालिका छ।

त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शङ्खधर चोकमा स्थानीयसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ भने दिउँसो १ बजे दमक ७ को तविन चोक र २ बजे दमक १ को हाबलदार चोकमा कार्यक्रम राखिएको ओलीको सचिवालयले जनाएको छ।

सोमबार अपरान्ह ३ बजे दमक २ स्थित दमक फन पार्कमा स्थानीयसँग भेट गरेपछि ओली ४ बजे दमक ३ को आमचोकको कार्यक्रममा पुग्ने तालिका छ। आमचोकमै आजको दिनभरिको भेटघाट कार्यक्रम समापन गर्ने तालिका छ। 

यसअघि ओली आइतबार दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित नेपाल शिक्षक संगठनको अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका थिए। 

कार्यक्रममा ओलीले देशमा भएका आगजनी र तोडफोडका घटनामा युवा पुस्ता (जेनजी) को नभई अपराधीहरूको हात रहेको दाबी गरेका थिए। 

उनले शिक्षक र विद्यार्थीले नभएर युवा आन्दोलनमा घुसपैठ गर्ने अपराधीहरूले यस्तो वितण्डा मच्चाएको बताए। 

उनले आफू प्रधानमन्त्री हुँदा वार्ताका लागि पटक(पटक आह्वान गरे पनि शिक्षक संगठनका प्रतिनिधिहरू वार्तामा नआई केवल विरोधमा मात्र उत्रिएकाले समस्याको निकास निस्कन नसकेको टिप्पणी गरे। 

विशेषगरी कांग्रेस र माओवादी निकट शिक्षकहरूले सरकारको मात्र विरोध गरेका कारण आन्दोलनले सही दिशा लिन नसकेको उनको भनाइ थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad