राजनीति


राजेन्द्र लिङदेनको प्रश्न- निषेधाज्ञा चुनाव बिथोलिन नदिन हो कि बिथोल्न?

राजेन्द्र लिङदेनको प्रश्न- निषेधाज्ञा चुनाव बिथोलिन नदिन हो कि बिथोल्न?

नेपालखबर
माघ २९, २०८२ बिहिबार १८:३४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको क्षेत्रमा लगाएको निषेधाज्ञाको विरोध गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बिहीबार बिहान सूचना जारी गरी त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल वरपरको क्षेत्रमा र्‍याली, जुलुश र भीडभाडका कार्यक्रम गर्न निषेध गरेको थियो। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति-सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो।’

पूर्व राजा ज्ञानेन्द्र शाह फागुन १ मा काठमाडौँ फर्किन लागेका छन्। त्यसलाई लिएर राजतन्त्रवादीले प्रदर्शन गर्ने जनाएपछि स्थानीय सरकारले निषेधाज्ञा लगाएको थियो। 

निषेधाज्ञालाई लिएर राप्रपा अध्यक्ष लिङ्देनले विरोध जनाएका हुन्। सामाजिक सञ्जालमार्फत लिङ्देनले भनेका छन्, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञा चुनाव बिथोलिन नदिन हो कि आफै बिथोल्न लागेको हो?’

उनले निषेधाज्ञालाई नमान्ने बताएका छन्। लिङ्देनले भनेका छन्, ‘संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad