कार्य सम्पादनका आधारमा ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिको सबैभन्दा अब्बल देखिँदा काठमाडौँ महानगर सबैभन्दा कमजोर देखिएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादनको विवरण अनुसार बिराटनगरले १७ वटा सूचकका आधारमा कुल ७८.११ प्रतिशत अंक पाउँदै एक नम्बरमा देखिएको छ।
दोस्रोमा ललितपुर महानगरपालिका देखिएको छ। ललितपुर महानगरले कुल ७६.३३ प्रतिशत अंक पाएर दोस्रो नम्बरमा देखिँदा तेस्रो नम्बरमा भरतपुर महानगरपालिका देखिएको छ।
भरतपुर महानगरले ६८.०४ प्रतिशत अंक प्राप्त गर्दा बिरगंज महानगरपालिकाले ५४.०० प्रतिशत पाउँदै चौथो र पोखरा महानगरपालिकाले ५८.७६ प्रतिशत अंक पाएर पाँचौ स्थानमा देखिएको हो । कार्यसम्पादनमा सबैभन्दा कमजोर भने काठमाडौँ महानगर देखिएको छ।
काठमाडौँले जम्म ४४.९७ प्रतिशतमात्रै अंक पाएर छैठौँ स्थान अर्थात् पुछारमा देखिएको हो ।
कसको कति अंक?
विराटनगर महानगरपालिका: ७८.११ प्रतिशत
वीरगन्ज महानगरपालिका: ५४.०० प्रतिशत
ललितपुर: ७६.३३ प्रतिशत
भरतपुर: ६८.०४
पोखरा: ५८.७६
१७ सूचकका आधारमा उक्त अंक दिइएको हो।

कुन पालिकाले कति अंक पाए?
Shares

प्रतिक्रिया