राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सप्तरीमा अबिर र पुष्पगुच्छाले स्वागत गरिएको छ।
चुनावी यात्राका क्रममा शाह मंगलबार दिउँसो सप्तरी पुगेका हुन्। सप्तरीका विभिन्न क्षेत्रमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ।

रास्वपा कार्यकर्ता तथा समर्थकले उनको गाडीमा अबिर र पुष्पगुच्छा फाल्दै स्वागत गरेका थिए। उनले भने स्थानीय बासिन्दासँग कुराकानी गरेनन्। उनी घण्टी बजाउँदै चुनावी प्रचार गरिरहेका छन्।



204
Shares

प्रतिक्रिया