कारोबार


नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५ सय बढी राइडर सहभागी हुने

नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५ सय बढी राइडर सहभागी हुने

नेपालखबर
माघ २७, २०८२ मंगलबार १३:५०, काठमाडौँ

नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ।

नेपाल पर्यटन बोर्डको सभा हलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदागरी २ स्थित  चापखर्कमा नेपाल राइडर्समिट हुने आयोजक द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाले जानकारी दिए।

उक्त कार्यक्रममा नेपालसहित भारत, भुटान र म्यानमारलगायतका मुलुकबाट ५५० भन्दा बढी राइडर सहभागी हुनेसमेत संयोजक थापाले जानकारी गराएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपालको पर्यटन प्रवर्द्धनका लागि ‘मोटरबाइक राइडिङ’ महत्वपूर्ण साधन हुने बताएका छन्।

वरिष्ठ प्रबन्धक थपिलियाले यस किसिमका कार्यक्रमले परम्परागत पदयात्रा र पर्वतारोहणभन्दा बाहिरका पर्यटन उत्पादनलाई प्रवर्द्धन गर्दै रोड ट्रिप, एडभेन्चर टुरिज्म र क्रस–बोर्डर पर्यटन विस्तारमा योगदान पुग्ने बताएका छन्।

उनले भने, ‘यस नेपाल राइडर्स मिटले नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान गर्नेछ। नेपालको दक्षिण छिमेक भारतमा मात्रै बाइक राइडिङ संस्कृतीलाई प्रवर्द्धन गर्दै नेपालमा भारतीय राइडर ल्याउन सकेमा नेपालको पर्यटक आगमन फड्को मार्ने देखिन्छ। बाइक राइडिङ केवल घुम्‍ने मात्र नभएर नेपालको संस्कृती, प्रकृतीसँग पनि साक्षात्कार हुने अवसर प्राप्त हुनेछ।’

त्यसैगरी आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेगराज पौडेल, द हिमालयन क्लबका प्रमुख अनिल काफ्लेलगायतले नेपाल राइडर्स मिट राइडिङ समुदायको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै बाइक राइडिङलाई पर्यटन प्रवर्द्धनको महत्वपूर्ण उत्पादनको रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनीहरुले यस बाइक राइडमार्फत् भातृत्व विकासका साथै नेपालको संस्कृति प्रवर्द्धन गर्न पनि टेवा पुग्ने बताएका छन्।

यस कार्यक्रममा हुने सहभागिताले नेपाललाई क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट केही व्यक्तिबाट सुरु भएको र हाल ५०० भन्दा बढी राइडर्स सहभागी हुँदै छन् । यस कार्यक्रममार्फत नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, रमणीय राजमार्ग र आतिथ्य संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । आयोजकका अनुसार मोटरसाइकल पर्यटनले गन्तव्यलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै यात्राका कथाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्न प्रभावकारी माध्यम बन्नेछ।

नेपाल राइडर्स मिटले यसअघि बर्दिया, चितवन, मनाङलगायतका विभिन्‍न ठाउँमा कार्यक्रम गरिसकेको छ । र्यक्रमले डिजिटल प्लेटफर्म, राइडर नेटवर्क र सञ्चारमाध्यममार्फत नेपालका पर्यटन गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad