प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले विभिन्न आशंका गरिरहेका छन्।
पूर्वमन्त्रीसमेत रहेका उनले यस विषयमा दैनिकजसो सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।
यसै क्रममा नेता बास्कोटाले आइतबार ‘फेरि गम्भीर गडबडी’ हुने आशंका देखिएको दाबी गरेका छन्।
‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशंका राजनीतिक बजारमा व्याप्त’, बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘ककसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो थाछैन। राष्ट्रियता र लोकतन्त्र दल, नेता र व्यक्तिभन्दा जहल्यै माथि नरहेसम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै।’
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण २०८४ मा हुनुपर्ने निर्वाचन फागुनमै हुन लागेको हो।
Shares

प्रतिक्रिया