राजनीति


कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यस्ता छन् एजेन्डा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यस्ता छन् एजेन्डा

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८२ शनिबार १२:५३, काठमाडौँ

नेपाली कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार बिहान ८:३० बजे ‘जुम’मार्फत बस्ने छ।

बैठकमा मुख्यतया ३ एजेन्डामा छलफल हुने उनले बताएका छन्।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा निर्वाचन परिचालन र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिकाबारे छलफल हुने छ।

यस्तै केन्द्रीय अनुशासन समिति गठनबारे पनि छलफल गरिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad