राजनीति


चुनावलाई भयरहित बनाउनका लागि तयारी अवस्थामा रहन सशस्त्रका देशभरका युनिटलाई निर्देशन

चुनावलाई भयरहित बनाउनका लागि तयारी अवस्थामा रहन सशस्त्रका देशभरका युनिटलाई निर्देशन

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १७:१२, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतिनिधि सभाको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन देशभरका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। 

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट देशभरिका युनिटलाई ‘भर्चुअल ब्रिफिङ’मार्फत अर्यालले निर्देशन दिएका हुन्। उनले निर्वाचनको समयमा आउन सक्ने कठिनाई र चुनौतीलाई समयमा नै आकलन गरी निर्वाचन सुरक्षार्थ खटिने सुरक्षाकर्मी तथा सम्बद्ध निकायसँग समन्वय र सहकार्यमार्फत समाधान गर्न भनेका छन्। 

त्यस्तै, मौसम प्रतिकुलताका कारण हिमाली भेगमा हिउँ पर्नसक्ने सम्भावना रहेकाले बैकल्पिक मतदानस्थलको समेत पहिचान गर्न निर्देशन दिएका छन्। आम नागरिकलाई मतदान गर्न आउने जाने समयमा आइपर्न सक्ने कठिनाईमा समेत सहयोग र सहजता लागि तयारी हालतमा रहन निर्देशन दिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

महानिरीक्षक अर्यालले हिमाली भेग तथा विकट ठाउँमा रहेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका सशस्त्र प्रहरी कर्मचारी तथा कार्यालयको अवस्था, मौसमी प्रतिकुलता, भौगोलिक अवस्था र वस्तुस्थितीबारे जानकारी लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad