राजनीति


कटारी पुगेर बालेनले भेटे रास्वपाका उम्मेदवार र कार्यकर्ता

कटारी पुगेर बालेनले भेटे रास्वपाका उम्मेदवार र कार्यकर्ता

नेपालखबर
माघ २२, २०८२ बिहिबार १२:१९, काठमाडौँ

चुनाव प्रचार अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज उदयपुरका उम्मेदवार र कार्यकर्तासँग भेटवार्ता गरेका छन्।

बिहीबार बिहानै उदयपुर पुगेका उनले उदयपुर २ का रास्वपा उम्मेदवार सूर्यबहादुर तामाङसहित रास्वपाका कार्यकर्तासँग भेट गरेका हुन्। 

बुधवार दिउँसो बराहक्षेत्र हुँदै खुवालुङ पुगेका बालेन बिहीबार बिहान कोसीपुल तरेर  साबिकको सगरमाथा अञ्चलका जिल्लाको यात्रामा निस्केका हुन्।

बालेनले आज बिहान उदयपुरको बेल्टारमा समर्थकसँग बिताएका छन्। उनी त्यहाँबाट गाईघाट हुँदै मोतीगडा, देउरी, चुहाडे तथा कटारी जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

बालेनले आजै दिउँसो  खोटाङको हलेसी पुगेर त्यहाँ समर्थक तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नेछन्। 

खोटाङपछि उनी ओखलढुङ्गा जाने उनको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad