राजनीति


चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस्: प्रचण्ड

चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस्: प्रचण्ड

नेपालखबर
माघ २१, २०८२ बुधबार १६:१०, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएका छन्। 

बुधबार काठमाडौँको स्वयम्भूथित मुस्ताङ गुम्बामा मुस्ताङमा नेकपाका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’को परिचयात्मक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले देशभर एउटै चरणमा चुनाव गर्नुपर्ने बताएका हुन्। ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्। चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस्,’ उनले भने। 

हिमाली क्षेत्रमा हिमपातले अप्ठ्यारो अवस्था आएमा अर्को चरणमा चुनाव गर्न किने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी थिइन्। त्यसलाई लिएर प्रचण्डले एउटै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिएका हुन्। 

प्रचण्डले अहिले सामान्य अवस्थाको चुनाव नभएकाले विशेष ध्यान दिनुपर्ने बताएका छन्। ‘यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो। यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ,’ उनले भने। 

उनले अझै पनि चुनाव हुन्छ कि हुन्न भन्ने आशंका रहेको उल्लेख गरे। यस्तो आशंका नगर्न आग्रह गर्दै तोकिएकै समयमा चुनाव हुने बताए।

‘अझै पनि कतिपय मान्छेहरूले निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्ने गर्नुभएको छ। दोस्रो संविधान सभाको निर्वाचनको बेलमा पनि यस्तै अवस्था थियो। हाम्रो शंकालु मानसिकता र कन्फ्युजन वातावरणमा छन्,’ उनले भने, ‘म तपाईलाई भन्न चाहन्छु– चुनाव हुन्छ नै। २१ फागुनमै हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad