राजनीति


काठमाडौँमा डोजर चलाएका बालेनले झापामा लालपुर्जा दिने भ्रममा नपर्नुस्: पृथ्वीसुब्बा

काठमाडौँमा डोजर चलाएका बालेनले झापामा लालपुर्जा दिने भ्रममा नपर्नुस्: पृथ्वीसुब्बा

नेपालखबर
माघ २०, २०८२ मंगलबार १५:३७, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गरेका छन्।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उपाध्यक्ष गुरुङले रास्वपाका उम्मेदवार बालेन्द्र साहले काठमाडौंको सुकुम्बासी बस्तीमा, गरिखाने सडकका जनतामाथि डोजर चलाएर झापा ५ मा निर्वाचन जित्नै नसक्ने जिकिर गरे। उनले बालेनले त्यहाँको सुकुम्वासीहरूलाई लालपूर्जा दिन्छ भन्ने भ्रममा नपर्न पनि झापा ५ का सुकुम्वासी नागरिकहरूलाई अपिल गरे।

बालेनको विगत, वर्तमान र भविष्य हेर्ने हो भने पनि उनले सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दछन् भनेर विश्वास गर्न नसकिने उपाध्यक्ष गुरुङको भनाई थियो।

उनले रास्वपाले विभिन्न झुटा प्रचार गरेर एमालेको निर्वाचन अभियानलाई कमजोर बनाउने नियतका साथ झापा ५ मा पार्टी अध्यक्ष ओलीसँग चुनावी प्रतिष्पर्धाका लागि बालेनलाई उम्मेदवार बनाएको समेत बताए। 

उनले भने,‘काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउने बालेनजी होइन? काठमाडौंको गरीखाने सडकका मान्छेलाई डोजरले हटाउने बालेनजी होइन? अनि त्यही व्यक्तिले झापामा गएर सुकुम्बासीलाई लाजपूर्जा दिन्छु भन्ने कुराको विश्वास गर्ने हो भने जनताले धोका पायो। म सबै जनतालाई अनुरोध गर्न चाहन्छु–धोकामा नपर्नुस। विगत हेर्नुस्। हिजोका कुरा हुेर्नस्, अस्तीका कुरा हेर्नुस्। र आज के हुँदैछ, भोलि के कुरा भन्दैछ? यस्ता कुरामा विश्वास नगर्नुस् भन्न चाहन्छु।’

उनले थपे, ‘झुट, फरेव साराका सारा लगाएर त्यहाँका जनतालाई झुक्याउन सकिन्छ कि? भन्ने प्रयत्न गर्न खोजिएको हो। शुरुका दिनमा त जित्यो बालेनले भनिएको हो। २१ गते पुगोस् न। जित्ने त केपी ओलीले नै हो। अहिलेसम्मको अनुभवमा हाम्रो अभियान पहिलो पार्टी बनाउने हो, हुन्छौँ।’

उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा जनताले नयाँ अनुहार नभई सुधारसहितको पुरानै राजनीतिक दलहरूलाई चाहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad