राजनीति


प्रधानमन्त्री कार्कीले दोहोर्‍याइन्ः निर्वाचनमा एक थोपो रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन

प्रधानमन्त्री कार्कीले दोहोर्‍याइन्ः निर्वाचनमा एक थोपो रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन

नेपालखबर
माघ १९, २०८२ सोमबार १४:४१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताएकी छन्।

सोमबार काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुंगाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण गराइन्। उनले आसन्न निर्वाचन नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नुपर्ने समेत बताइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा कुनैपनि नागरिक घाइते हुन नहुनेतर्फ पनि प्रहरीहरूलाई सचेत गराइन्।

उनले भनिन्, ‘मैले भन्ने गरेको एउटा कुरा यहाँ दोहोर्‍याउन चाहन्छु–यो चुनाव नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नु बन्नुपर्दछ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन। एक जना पनि घाइते हुनुहुँदैन। र साथसाथै यसमा पनि प्रष्ट हुनुहोस्–तपाईहले कर्तव्य पालनाको सिलशिलामा सबै व्यवसायिक क्रियाकलापको जिम्मा राज्यले लिन्छ।’ 

प्रधानमन्त्री कार्कीले प्रहरीहरूलाई कुनैपनि राजनीतिक दबाब, प्रभाव र पूर्वाग्रहभन्दा माथि उठेर काम गर्न पनि निर्देशन दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad