राजनीति


नयाँ दलसँग पनि विचार र एजेन्डा छैन: घनश्याम भुसाल

नयाँ दलसँग पनि विचार र एजेन्डा छैन: घनश्याम भुसाल

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १९:३२, काठमाडौँ

नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नयाँ भनेर आएका दलसँग विचार र एजेन्डा नभएको टिप्पणी गरेका छन्। 

शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरूले मुलुकमा संकट निम्त्याएको बताए। ‘मैले राजनीतिक रुपमा मात्रै भन्छु– पुराना पार्टीहरू, जो दलाल पूँजीवादीसँग, विचौलियातन्त्रसँग उनीहरूले लगनगाँठो गाँसेका थिए। त्यो संकट जेन्जीका रुपमा आएको हो,’ उनले भने। 

पुराना दलले काम गर्न नसक्दा नयाँ दल आएको उनको भनाइ थियो। ‘त्योभन्दा अघिदेखि नै हामीले अनेक संकट व्यहोर्दै आएका छौँ। यो पुनरुत्थानवादले वा पूर्व राजा ज्ञानेन्द्र शाहले एकचोटी चुनौति खडा गरे। त्यो एक हिसावले राज्यले सामना गर्‍यो। तर उसले जेनजीको घटनालाई सामना गर्न सकेन,’ उनले पुराना पार्टीलाई इंगित गर्दै भने, ‘यी पार्टीहरूबाट हामीले अपेक्षा गर्ने अवस्था भएन। यो देश दुनियाँले बुझिनै सकेको छ।’

संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरूमा पनि विचार र एजेन्डा नदेखिएको औंल्याए।  उनले नयाँ राजनीतिक दलहरूलाई पनि ‘नालायक’ को संज्ञा दिए। ‘लायकहरू त कोही न कोही आउनु पर्दथ्यो। उनीहरू (नयाँ दल) पनि नालायक भए। तिनीसँग पनि विचार छैन, एजेन्डा छैन,’ भुसालले भने। 

नयाँ दलहरूबाट पनि जनताले कुनै खालको अपेक्षा गर्ने अवस्था नभएको भुसालको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad