नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’लाई पार्टीबाट निष्कासित गरेको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले प्रेस विज्ञप्ति जारी गरी केसीलाई कारबाही गरेको जनाएका छन्। उनले अन्य दलको चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराएकाले कारबाही गरिएको जनाइएको छ।
‘आगामी २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कृष्णा केसी नमुना (बाँके) ले अन्य दलको निर्वाचन चिह्नमा उम्मेदवारी दिएकोले निजलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।
उनी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाँके-१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवार बनेकी छन्।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दल मिलेर नेकपा बनेपछि जनार्दन शर्मालगायतको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको थियो। उनी त्यसैमा क्रियाशील रहँदै आएकी थिइन्।
Shares

प्रतिक्रिया