राजनीति


उज्यालो क्षेत्रमा मेरो काम नेपालका लागि सफल मोडेल होः कुलमान

उज्यालो क्षेत्रमा मेरो काम नेपालका लागि सफल मोडेल होः कुलमान

नेपालखबर
माघ १३, २०८२ मंगलबार १८:३२, काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि एउटा सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सो दाबी गरेका हुन्। उनले मुलुलकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन बनाउँदै घर–घरमा रोजगारी सिर्जना उज्यालो नेपाल पार्टी  प्रतिबद्ध रहेको बताए। 

मुलुकलाई कुषि, खानेपानी र रोजगारीको क्षेत्रमा आत्मनिर्भर हुनको लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनेपालाई मतदान गर्न आह्वान पनि गरे। अध्यक्ष घिसिङले हाल मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सफल भएपनि क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताए। 

उनले मुलुकको समग्र विकासका लागि रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने बताए। 

उनले भने, ‘नेपालको उर्जा क्षेत्रमा मैले गरेको काम एउटा मोडेलको रुपमा स्थापित भएको छ। अब नेपालको हरेक घरघरमा रोजगारी सिर्जना हुनुपर्छ। हरेक व्यक्ति सम्पन्न हुनुपर्छ। देशलाई आत्मनिर्भर बनाउनुपर्छ। आज देश परनिर्भरतातिर अगाडि बढेको छ। हामीले उर्जामा आत्मनिर्भर बनायौँ।’

उनले यातायात, शिक्षा र स्वास्थ्य तथा विद्युत समेत निःशुल्क गर्ने भिजन आफूसँग रहेको दाबी पनि गरे। 

घिसङले भने, ‘अरु सबैजसो क्षेत्र अहिले आत्मनिर्भर हुन सकेका छैनन्। कृषिमा आज हामीले सबै कुरा आयात गरेर खानुपर्ने स्थिति छ। त्यसकारण आज आर्थिक रुपमा आत्मनिर्भर देशको रुपमा नेपाललाई स्थापित गर्नको लागि, देशभित्रै रोजगारी सिर्जना गरी हरेक व्यक्तिको अनुहारमा उज्यालो ल्याउनको लागि उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुहोला।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad