गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँका दुई कारागारको निरीक्षण गर्दै सुधारका लागि निर्देशन दिएका छन्।
अर्यालले मंगलबार केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारसँगै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरेका हुन्। मातहतका उच्च अधिकारीको टोलीसहित कारागार निरीक्षण गरेका अर्यालले वस्तुस्थितीबारे जानकारी लिएका छन्।
यससँगै उनले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षण गरेका छन्। त्यस क्रममा कैदिबन्दीसँग भेट गरेर उनीहरूको पिरमर्काबारे जानकारी लिएका छन्।
कारागार निरीक्षणपछि बन्दीगृहमा मानव अधिकारको प्रत्याभूतीमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्। यससँगै कारागार कार्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताको लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता गरेका छन्।
Shares

प्रतिक्रिया