ad ad

राजनीति


पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनुपर्छ : प्रवक्ता श्रेष्ठ

पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनुपर्छ : प्रवक्ता श्रेष्ठ

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १२:५४,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई फुटबाट बचाउनका लागि जे गर्न पनि तयार हुनुपर्ने बताएका छन्।

नेकपाभित्र लामो समयदेखि देखिँदै आएको विवादलाई संकेत गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।

पार्टीलाई एक राख्नका लागि तत्कालीन कांग्रेसका सर्वोच्च नेताहरुले पार्टी त्याग गरेको प्रसंग उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले फुटबाट पार्टी बचाउनका लागि गरिएको त्यागको उत्कर्ष भएको बताएका छन्।

उनले नेकपालाई फुटबाट बचाउन आफूहरु जे गर्न पनि तयार रहेको भन्दै पार्टीलाई फुटमात्र नभई बिसर्जनबाट पनि जोगाउनु पर्ने बताएका छन्।

‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो।त्यो कदम ठीक थियो कि थिएन,बहस होला। तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो’, बिहीबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘हामी पनि हाम्रो पार्टी लाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर पार्टी लाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनुपर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सल्लाह नगरी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी विधेयक ल्याएपछि देखा परेको विवाद अहिले उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्यहरु झलनाथ खानाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्री ओलीको विरोध गर्दे आएका छन्। प्रधानमन्त्री ओली पनि आफूविरुद्ध गुटबन्दी भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

पार्टीभित्र सहमति जुट्न नसक्दा बुधबार बसेको सचिवालय बैठक बीचैमा छाडेर प्रधानमन्त्री बाहिरिएका थिए भने आज (बिहीबार)का लागि डाकिएको स्थायी समित बैठक रोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .