राजनीति


गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा निर्वाचित

गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा निर्वाचित

नेपालखबर
माघ ११, २०८२ आइतबार १९:८, काठमाडौँ

गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा नेपाली कांग्रेसका जगत तिमिल्सिना र नेकपा (एमाले) की सम्झना देवकोटा निर्वाचित भएका छन्। 

कांग्रेस र एमालेबीच चुनावी तालमेल भएकाले कांग्रेसका उम्मेदवार तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कपिल लामालाई ४ हजार ९२ मतभारले पछि पारे। तिमिल्सिनाले ५ हजार ३३ मतभार पाउँदा लामाले ९ सय ४१ मतभार पाए। जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाए। 

महिला क्लस्टरमा एमालेकी उम्मेदवार देवकोटाले ५ हजार १४ मतभार पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार पाइन्। 

त्यस्तै, राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटाले ७६ मतभार पाइन्। गण्डकीमा ६ हजार ३ सय ५७ मतभार रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad