राजनीति


ओलीको निर्वाचन क्षेत्रको चुनावी कमान्डर देवेन्द्र दाहाल

ओलीको निर्वाचन क्षेत्रको चुनावी कमान्डर देवेन्द्र दाहाल

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १८:३०, ​विराटनगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन समिति गठन गरेको छ। गौरादहमा बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाललाई चुनावी कमान्डर तोकेको छ।  

दाहाल २०४८ सालदेखि नै अध्यक्ष ओलीको निर्वाचन कमाण्डरका रूपमा सक्रिय रहँदै आएका हुन्। समितिको सह–संयोजकमा एमाले केन्द्रीय सदस्य एवं संविधान सभाका पूर्व सदस्य दीपक कार्की र केन्द्रीय सदस्य एवं अनेमसंघकी उपाध्यक्ष मेनुका काफ्लेलाई चयन गरिएको छ।

​यस निर्वाचन परिचालन कमिटीलाई थप व्यवस्थित बनाउन ६९ सदस्यीय सचिवालय र ९ वटा विभिन्न विशिष्ट उप–समितिहरू समेत गठन गरिएको छ। परिचालन कमिटीमा सम्बन्धित निर्वाचन क्षेत्रका केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोग र विभागका वर्तमान तथा निवर्तमान पदाधिकारीहरूका साथै प्रदेश र जिल्ला कमिटीका सदस्यहरूलाई समेटिएको छ।

त्यसैगरी स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, जनसंगठनका विभिन्न तहका पदाधिकारी र क्षेत्रीय समन्वय कमिटीहरूलाई पनि निर्वाचन परिचालनमा केन्द्रित गरिएको छ।

परिचालन कमिटीका सचिव नारायण गौतमका अनुसार माघ १२ गतेभित्र वडा र टोल तहसम्मका प्रचार समितिहरू गठन गरिसक्ने लक्ष्य राखिएको छ। विभिन्न ९ वटा उप–समितिहरूमध्ये कार्यालय सञ्चालनको जिम्मा नारायण गौतम, प्रचार सामग्री व्यवस्थापनको जिम्मेवारी होमबहादुर थापा र प्रचार–प्रसारको नेतृत्व दीपक कार्कीले पाएका छन्।

यस्तै, आर्थिक व्यवस्थापनमा रोमनाथ ओली, स्वयंसेवक परिचालनमा गोविन्द थापा, प्रशासन समन्वयमा देवेन्द्र दाहाल, सञ्चार तथा क्षेत्र बाहिरका मतदाता समन्वयमा इन्द्रप्रसाद भण्डारी र कानुनी परामर्श उप–समितिमा नारायण भट्टराईलाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad