सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेल चुनावी अभियानमा निस्किएका छन्।
आफ्नै नेतृत्वमा बागी उम्मेदवार उठाएका गजुरेल चुनावी प्रचारमा निस्किएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि उनले उम्मेदवारी फिर्ता नगराएर चुनावी प्रचारमा निस्किएका हुन्।
शुक्रबार (आज) सिन्धुलीको सुनकोसी गाउँपालिका–५ नाङ्गेडाँडा स्थित लोपोन्मुख हायु परिवारबाट चुनावी अभियानको घरदैलो कार्यक्रम सुरु गरेका हुन्। गजुरेलको प्रस्तावकमा नेकपाका नेता महेश्वर दाहालको उम्मेदवारी दर्ता गराइएको थियो।
उम्मेदवारी फिर्ता लिएर पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिए पनि उम्मेदवारी फिर्ता नगरेर चुनावी प्रचारप्रसारमा जुटेका हुन्। यस क्षेत्रमा नेकपाले लेखनाथ दाहाल (राजन) लाई उम्मेदवार बनाएको थियो।
पार्टीको जिल्ला कमिटीले गरेको सिफारिसलाई लत्याएर केन्द्रबाट मनलाग्दी उम्मेदवार पठाएको भन्दै उम्मेदवारी फिर्ता नलिएको बताएका छन्। जिल्ला पार्टी कमिटीले सिन्धुली–२ का लागि हरिबोल गजुरेल, पानीराज बम्जन र महेश्वर दाहालको नाम सिफारिस गरेको उनको भनाइ छ।
दाहालको उम्मेदवारीमा हरिबोल गजुरेल प्रस्तावक र पानीराज बम्जन समर्थक रहेका छन्।
Shares

प्रतिक्रिया