फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र ४ र ५ स्वतन्त्र उम्मेदवारको गढ हुने भएको छ। निर्वाचन आयोगको तथ्याङ्कअनुसार देशभरमै सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएको क्षेत्र काठमाडौं ५ हो।
दोस्रो धेरै स्वतन्त्र उम्मेदवार काठमाडौं ४ मा छन्। नेपाली कांग्रेस सभापति गगन थापाले ३ पटक जितेको यो क्षेत्रमा पार्टीहरुले युवालाई उम्मेदवार बनाएका छन्। नेपाली कांग्रेसका ३३ वर्षीय सचिन तिम्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका ३८ वर्षीय पुकार बम यहाँका उम्मेदवार हुन्। नेपाली कम्युनिष्ट पार्टी इन्द्रकुमार भुसाल ४० वर्षका छन् भने नेकपा एमालेले ५७ वर्षका राजन भट्टराईलाई उम्मेदवार बनाएको छ।
काठमाडौं ४ मा १९ जना स्वतन्त्र उम्मेदवार छन्। यी मध्ये धेरै ४० आसपासका धेरै छन्। स्वतन्त्र उम्मेदवार पुजन गजुरेल २९ वर्षका छन्। अर्चन सम्शेर राणा ४३ र मनोज अधिकारी ३९ वर्षका छन्। देवराज पौडेल ३४ वर्षका छन्। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यो क्षेत्रमा २५ देखि ४० वर्ष उमेर समूहका मतदाता २ लाख २१ हजार ७ सय २९ छन्।
काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, रास्वपाका सस्मित पोखरेलले राप्रपाका कमल थापा, गतिशिल लोकतान्त्रिक पार्टीकी निशा अधिकारीजस्ता हेभिवेट उम्मेदवार चुनावी मैदानमा छन्। यहाँ २१ जना स्वतन्त्र उम्मेदवारले उनीहरुका भोट तान्ने छन्। स्वतन्त्र उम्मेदवारमध्ये २५ देखि ३९ वर्ष समूहका १० जना छन्। प्रविधि, स्टार्टअप र सुशासनका एजेन्डा बोककाहरु पुराना दलको पकड क्षेत्रमा गए हुन्।
किन धेरै स्वतन्त्र उम्मेदवार?
स्वतन्त्र उम्मेदवार धेरै भएको काठमाडौं क्षेत्र नं. ५ का धेरै मतदाता सहरका छन्। काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ र टोखा नगरपालिका छिटफुट वडा यो क्षेत्र अन्तर्गत पर्छन्। काठमाडौं ४ मा पर्ने ठाउँ पनि मिश्रित नै छ।
बहुदलीय प्रजातन्त्रमा दलमा नलागी स्वतन्त्र उम्मेदवार किन जन्मिन्छ? हामीले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जो राजनीतिकशास्त्र विश्लेषक हुन्,सँग प्रश्न सोधका थियौँ। राजनीतिक दल वा उम्मेदवारसँग प्रतिशोध लिन पनि स्वतन्त्र उम्मेदवार आउने उनले बताए। ‘हाम्रो सन्दर्भमा स्वतन्त्र उम्मेदवार धेरै हुनुको मुख्य कारण सामाजिक पहिचानसँग जोडिन्छ। गाउँटोलमा कुनै पहुँच छैन, पहिचान छैन र अरु पहिचान पछि पर्दा पनि मान्छे उम्मेदवार हुन चाहेको हुनसक्छ। चुनाबमा जति मत पाए पनि हाम्रो गाउँटोलका सार्वजनिक कार्यक्रममा भन्ने चलन छ– उहाँ हुनुहन्छ पूर्व उम्मेदवार फलानो... अहिलेको एउटा पक्ष यो पनि हो।’
Shares

प्रतिक्रिया