राजनीति


लुम्बिनी प्रदेशमा ५६ महिला उम्मेदवार- रुपन्देहीमा २१, रोल्पामा छैनन्

लुम्बिनी प्रदेशमा ५६ महिला उम्मेदवार- रुपन्देहीमा २१, रोल्पामा छैनन्

नेपालखबर
माघ ७, २०८२ बुधबार १६:२६, काठमाडौँ

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५६ जना महिलाले मनोनय दर्ता गराएका छन्।

प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारीअनुसार सबैभन्दा बढी रुपन्देहीमा २१ जना महिलाले मनोनयन दर्ता गराएका छन् भने रोल्पामा भने एक जना पनि महिला उम्मेदवार छैनन्।

यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच पाँचजना महिलाले  उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै अर्घाखाँची र प्युठानमा एक एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन्। 

लुम्बिनी प्रदेशमा प्रमुख राजनीतिक दलबाट महिलाको उम्मेदवारी न्युन रहे पनि साना दल र स्वतन्त्रबाट महिलाको सहभागिता रहेको छ। प्रदेशका १२ जिल्लामा ५९९ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा महिलाको सङ्ख्या ५६ छ।

यसमा ३९४ जना विभिन्न राजनीतिक दलका र २०५ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad