राजनीति


३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या सबैभन्दा धेरै

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या सबैभन्दा धेरै

नेपालखबर
माघ ६, २०८२ मंगलबार २२:२४, काठमाडौँ

आसन्न फागुन २१ को निर्वाचनमा उमेरगत रुपमा ३५ देखि ४५ का उम्मेदवारको संख्या सबैभन्दा धेरै छ।

३ हजार ४४८ जना चुनावी मैदानमा उत्रिँदा ३६ देखि ५० वर्षका उम्मेदवारको संख्या १६ सय १० रहेको छ।

२५ देखि ३५ वर्षसम्मका ५ सय ८३ जनाले उम्मेदवारी दर्ता गर्दा ५१ देखि ६० वर्षसम्मका १ हजार ९० जनाले उम्मेदवारी दिएका छन्। 

६१ वर्षभन्दा माथिको उम्मेदवारको संख्या जम्मा २०१ जना मात्र रहेको छ। ६८ वटा राजनीतिक दलबाट २ हजार २ सय ९७ जना उम्मेदवार बनेका छन् भने ११ सय ८७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधिसध प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज विहान १० बजेदेखि साँझ ५ सम्म रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad