राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले काठमाडौँ-६ बाट उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार अपराह्न निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन्। उनी यसअघि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
२०७९ सालको निर्वाचनमा उनले १४ हजार २२१ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार ९१७ मत पाएका थिए।
42
Shares

प्रतिक्रिया