जेनजी आन्दोलनपछि गैरदलीय पृष्ठभूमिबाट एकैचोटि मन्त्री बनेका चार जना पदबाट बाहिरिँदै प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा होमिएका छन्।
भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तिरम सरकारमा मन्त्री बनेका कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता आउने फागुन २१ मा हुने चुनावका लागि उम्मेदवार बनेका हुन्।
मन्त्री छँदै उज्यालो नेपाल पार्टी गठन गरेका ऊर्जामन्त्री घिसिङले केही दिनअघि नै राजीनामा दिएर पार्टीको अध्यक्ष बन्दै चुनावमा होमिइसकेका थिए भने शिक्षामन्त्री पुनले भने आजै मात्र पदबाट राजीनामा दिएर म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
घिसिङले काठमाडौँ-३ मा उम्मेदवारी दर्ता गराउँदै छन्।
सञ्चारमन्त्री खरेल र खेलकुद मन्त्री गुप्ताले भने उम्मेदवारी दर्ताको एक दिनअघि सोमबार मात्र पदबाट राजीनामा दिएका थिए।
मन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट मंगलबार रास्वपा प्रवेश गरेका खरेलले ललितपुर-२ मा उम्मेदवारी दर्ता गराएका छन् भने गुप्ताले पनि सोही पार्टीबाट सिराहा-१ मा उम्मेदवारी दिँदै छन्।
Shares

प्रतिक्रिया