नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओदी) बाट सुर्खेत-२ मा प्रतिनिधिसभाका लागि धर्मराज देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर देवकोटले अप्राह्न १२ बजे उम्मेदवारी दर्ता गराएका हुन्।
पञ्चपुरी–१० का देवकोटाले पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्।
प्रस्तावक रमेश बिक्रम दर्जी र कमलकुमार शाही समर्थक छन्।
देवकोटा माओवादीले थालेको दशवर्षे युुद्धमा सहभागी भएका थिए।
नेकपा (माओवादी)को केन्द्रीय सदस्य रहेका देवकोटा सुर्खेत जिल्ला सक्रेटरीसमेत हुन्।
30
Shares

प्रतिक्रिया